Sagun Khabar
सेवक मित्रद्वारा पाटन नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण 

बैतडी –सेवक मित्र नाम गैरसरकारी संस्थाले पाटन नगरपालिकालाई ४ थान नयाँ अक्सिजन कन्सन्ट्रेटर र एक थान पल्सअक्सिमिटर हस्तान्तरण गरेको छ । कोभीडका बिरामीहरुको उपचारका लागि सहज होस भनेर सेवक मित्रको पहलमा अक्सिजन कन्सन्ट्रेटर खरीद गरी स्वास्थ्य शाखालाइ हस्तान्तरण गरिएको हो ।

नेपाल ख्रिष्टीयन रिलिभ सर्भिसको आर्थिक सहयोगमा सेवक मित्र मार्फत अक्सिजन कन्सन्ट्रेटर खरीद गरिएको सेवक मित्रका प्रोजेक्ट कोडिनेटर राजेन्द्र मनरालले बताए ।

Atrya hospital

करीब साढे ४ लाख बराबरको लागतमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको उनले बताए । 

नगरपालिकामा प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटरले कोभीडका बिरामीको उपचारमा सहयोग पुग्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update