Sagun Khabar
बैतडीमा आइतबार ९५ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा आइतबार ९५ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ९५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आइतबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । मेलौली नगरपालिकाका ५, सुर्नया गाउँपालिकाका ४, दशरथचन्द नगरपालिकाका २ र दोगडाकेदार गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

Atrya hospital

आइतबार १३ जना थपिएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ५२१ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १८२ जना, पाटन नगरपालिकामा ७३ जना, डिलाशैनी गाउँपालिकामा ७१ जना, मेलौली नगरपालिकामा ३६ जना र सुर्नया गाउँपालिकामा ३४ जना रहेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिकामा ३० जना, पञ्चेश्वर गाउँपालिकामा २७ जना, शिवनाथ र सिगास गाउँपालिकामा २३÷२३ जना र पुर्चौंडी नगरपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update