डोटी –डोटीको दिपायलबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बिना कारण पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए । बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ ०९:२८
प्रतिक्रिया दिनुहोस्