Sagun Khabar
रश्मी एग्रो प्रोसेसिङ उद्योग धनगढीको बदमासी : उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड 

बैतडी –अहिले कोरोना भाईरसको महामारीबाट नागरिक थलिएका बेला विभिन्न उद्योगीहरुले पनि बदमासी गर्न थालेका छन् । विक्रिका लागि बैतडी भित्रिएका कतिपय खाद्यान्न सामग्री म्याद गुज्रिएका पाइएका छन् भने कतिपय एक महिना पछाडीको उत्पादन मिति राखेर बजारमा विक्रिका लागि पुर्याइएका छन् । 

आइतबार बजार अनुगमन क्रममा बैतडीको दशरथचन्द नगरपालिका वडा नं ८ को महामाया जनरल स्टोरमा जुन महिनाको उत्पादन मिति राखिएको मोटो चामल फेला परेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । रश्मी एग्रो प्रोसेसिङ उद्योग राजपुर कैलालीले उत्पादन गरेको मोटो चामलको उत्पादन मिति एक महिना पछिको राखिएको र बजारमा एक महिना अघि नै विक्रि लागि पुर्याएको फेला परेको उनले बताए । उनले भने ‘हामीले अनुगमनका क्रममा एक महिना पछिको उत्पादन मिति राखेको चामल फेला परेको छ । २५ केजीका ८९ कट्टा चामल हामीले सिल गरेका छौं ।’

Atrya hospital

रश्मी एग्रो प्रोसेसिङ उद्योगले बजारमा पुर्याएको गरेको चामल विक्रि नगर्न आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘हामीले उद्योगीलाई बोलाएका छौं । कानुन अनुसार कारवाही प्रक्रिया अघि बढ्छ ।’

महामारीको समयमा कालोबजारी बढेको जनगुनासो आएपछि पछिल्लो समयमा स्थानीय प्रशासनको अगुवाईमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । आइतबार ८ ओटा पसलमा अनुगमन गरिएको सूचना अधिकारी भारतीले बताए । 

अनुगमनमा क्रममा म्याद सकिएका अखाद्य वस्तु फेला परेमा नष्ट गर्ने गरिएको छ । यस्तो वस्तुहरु विक्रि गर्नेहरुलाई  उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गर्ने गरिएको बताइएको छ । जिल्लामा अहिले सम्म १० भन्दा बढी व्यापारीहरुलाई कारवाहीको दायरमा ल्याईसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update