Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा बसपार्क छैन्,सडकमै सवारीसाधन पार्किङले  दुर्घटनाको जोखिम

बैतडी - दार्चुलाको गोकुलेश्वरमा बसपार्क  नहुँदा समस्या  भएको  छ ।  बसपार्क अभाव हुँदा  गोकुलेश्वर बजारमा सडकमै सवारीसाधन पार्किङ हुने गरेकाले  समस्या भएको  हो ।

जसका कारण सवारी दुर्घटनाको जोखिम बढाएको छ । गोकुलेश्वरमा सवारी आवतजावत हुन लागेको २ दशक पुग्न लाग्दासमेत बसपार्कको व्यवस्था हुन नसकेको हो। एक लेनको मात्रै भएकाले साँघुरो सडकमै गाडी पार्किङ गर्दा आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले  बताए ।

Atrya hospital

शैल्यशिखर नगरपालिकाको केन्द्रसमेत रहेको गोकुलेश्वरमा जिल्ला भित्रिने र बाहिरिने सवारीसाधन रोकिने गर्छन्। तर, पार्किङ गर्न बसपार्क नहुँदा ट्राफिक जाम बढ्ने गरेको छ । जसका कारण व्यापार व्यवसायसमेत मारमा परेको स्थानीय व्यवसायीको भनाइ छ ।

अहिले सडक दायाँबायाँ, होटल, स्थानीयका घरअगाडि सवारी पार्किङ हुँदै आएका छन् । बजारमा भइरहेको अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update