कैलाली –कैलालीमा मिटरब्याजी विरुद्ध ४३ उजुरी परेको छ । गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको थियो ।
कैलालीमा आइतबार सम्म ४३ ओटा उजुरी परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने जोशीले बताए ।
देशभरबाट मिटरब्याजी विरुद्ध २ हजार बढी उजुरी परेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्