Sagun Khabar
कोरोनाका बिरामी बोक्न गाडीको व्यवस्था

बैतडी–अहिले कोरोना भाइसको संक्रमण दिनप्रतिदिन फैलिइरहेका बेला बैतडीका केही युवा अभियन्ताहरु कोरोना नियन्त्रणको प्रयासमा लागि परेका छन् । 

नेकपा(एमाले)का जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवासंघका जिल्ला सदस्य भुवन जोशीले कोरोनाका बिरामीलाई अस्पताल सम्म पु¥याउन निशुल्क गाडीको व्यवस्था गरेकाछन् । आफुहरुले जिल्लाबासी कोहिपनि कोरोना संक्रमित अस्पताल पुग्न समस्या भएमा गाडीको व्यवस्था गरेको युवासंघका जिल्ला कमिटि सदस्य जोशीले बताए ।

Atrya hospital

यसैगरी पाटनका युवा व्यवसायी शंकर बिष्टले पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा २०हजार मास्क वितरण गरेकाछन् । उक्त मास्कहरु भने स्वास्थ्य शाखालाई दिईएको व्यवसायी बिष्टले बताए । केही मास्कहरु इलाका प्रहरी कार्यालय पाटनलाई वितरण गरिएको उनले बताए । 

अहिले कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिदैँ गएको अवस्थामा संक्रमण न्यूनीकणका लागि सक्दो सहयोग गरिरहेको युवानेता भण्डारीले बताए । कोरोना नियन्त्रणको अभियानमा सरकारी तथा निजी स्तरबाट पहल भईरहेकोमा आफुहरुले पनि सक्दो सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update