Sagun Khabar
अध्यक्ष भण्डारीले गरे पदभार ग्रहण
Atrya hospital

बैतडी–जिल्ला खेलकुद विकास समिति बैतडीको अध्यक्षमा पुनः चमनकुमार भण्डारी नियुक्त भएकाछन् । यसअघि ४ बर्षे कार्यकाल पुरा गरेका भण्डारी फेरी चयन भएका हुन् । सुदुरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार आफुलाई अध्यक्षमा नियुक्त गरिएको भण्डारीले बताए । 

अध्यक्षमा नियुक्त भएपछि आफुले आजै पदभार ग्रहण गरेको उनले बताए । अहिले कोरोना भाइरसको संक्रमण कायम रहेका बेला औपचारिक कार्यक्रम बिनै पदभार ग्रहण गरेको उनले बताए । भण्डारीले यसअघि २०७२ सालदेखि २०७६सम्म ४बर्षे कार्यकाल पुरा गरेका थिए । 

आफु फेरीपनि अध्यक्षमा नियुक्त भएसंगै जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न लागिपर्ने बताए । अहिले कोरोना भाइरसको संक्रमण कायम रहेकाले खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या भएपनि कोरोना न्यूनीकरण पछि भने प्रतियोगिताहरु निरन्तर सञ्चालन गरिने उनको भनाई छ । खेलकुद विकास समिति विगतमा केन्द्र सरकार अन्तरगत रहेकोमा अहिले प्रदेश अन्तरगत रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update