Sagun Khabar
दार्चुलाको महाकाली नगरपालिकाले कोरोना विरुद्धको खोप आँफै किन्ने 

दार्चुला –दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएको छ । नगरपालिकाले नगरवासीहरूको लागि आँफै खोप खरीद गर्ने निर्णय गरेको नगर प्रमुख हंस राज भट्टले जानकारी दिए । उनले भने ‘नगरकार्यपालिकाबाट हामीले खोप किन्ने निर्णय गरेका छौं । अनुमतिका लागि नेपाल सरकारलाई अनुरोध गरिएको छ ।’

महाकाली नगरपालिकामा २४ हजार ४८४ जनसंख्या रहेको छ। १८ वर्ष मुनिका ७ हजार ३१३ जना रहेका छन् । १८ बर्ष भन्दा माथिका २ हजार २० जनाले खोप लगाइ सकेको नगरपालिकाले जनाएको छ । अब १५ हजार १५१ जना खोप लगाउन बाँकी रहेको छन् । 

Atrya hospital

प्रति व्यक्ति खोपको लागि हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी, खोप उपलब्ध गराउन वा खोप खरीद गर्न अनुमतिका लागी नेपाल सरकार लाई पत्राचार गर्ने नगरपालिकाले जनाएको छ । 

यस्तै जिल्ला अस्पताललाई अक्सिजन व्यवस्थापनका लागि ५ लाख दिने कार्यपालिकाले निर्णय गरेको प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update