Sagun Khabar
दार्चुला जिप दुर्घटना : घाइतेको पहिचान खुल्यो 

दार्चुला –दार्चुलामा जिप दुर्घटनामा परेर परेर घाइते भएकाहरुको पहिचान खुलेको छ ।

घाइते हुनेमा मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार रहेका प्रहरीले जनाएको छ । उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Atrya hospital

बुधबार दिउँसो गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप  शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो ।  दुर्घटनामा परेर ५ जनाको ज्यान गएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update