डडेल्धुरा –स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि डडेल्धुराका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।
स्थानीय तह निर्वाचनमा जिल्लामा एक हजार ३५ जना उम्मेदवार रहेकोमा २ सय १९ जनाले मात्रै चुनावी खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । ८ सय १६ जना उम्मेदवारले खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ ।
निर्वाचनको मतपरिणाम आएको ३० दिनभित्र उम्मेदवारहरुले खर्च विवरण बुझाउनुपर्ने नियम भएपछि डडेल्धुरामा अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १६:५५
प्रतिक्रिया दिनुहोस्