Sagun Khabar
सुदूरपश्चिममा शनिबार १ हजार ४५ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी -सुदूरपश्चिममा शनिबार १ हजार ४५ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १ हजार ४५ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण प्रदेशभरी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुरका २, कैलाली, डोटी, अछाम र दार्चुलाका १÷१ जनाको कोरोनाका कारण मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना पुष्टि भएको छ । १ हजार ७७६ नमूना परीक्षण गर्दा ४९० जनामा कोरोना पुष्टि भएको हो । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update