Sagun Khabar
कैलालीको मोहन्यालका अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलाली –कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो । आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो।

आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए । त्यसअतिरिक्त आयोेगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो । 

आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिमाना र कैद सजाय हुने  मागदाबीसहित अभियोगपत्र दायर गरेको हो । 

अदालतबाट घुस लिएको ठहरिएमा अभियुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update