बझाङको एक पसलमा चोरी 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङको सदरमुकाम चैनपुरस्थित एक पसलमा चोरी भएको छ । शुक्रबार राति जिल्ला अदालत बझाङको अगाडि रहेको किरण किराना पसलमा चोरी भएको हो ।
पसलबाट ४० हजार नगद, २० हजार बराबरको रिचार्ज र अन्य सामान गरि ७० हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
हिजोआज चैनपुरमा चोरीका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय नजिकै भए पनि चोरीका घटनामा कमी नआएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।
यता, प्रहरीले भने बजारको सुरक्षाका लागि दैनिक २ टोलीको गस्तीले निगरानी गर्दै आएको बताएको छ ।
 
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १४:३२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
