बझाङमा एकैघरका तीन जना मृत फेला
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।
उनीहरु झुन्डिएको अवस्थामा भेटिएको बुंगल नगरपालिका वडा नं ९ का वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा अध्यक्ष सिंहले बताए ।
मृतक बालिकाको भने नाम खुलेको छैन । गएराति मृतक गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले वडाध्यक्ष बताए । 
 
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:२८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
