Sagun Khabar
बैतडीमा शनिबार थप ४२ जनामा कोरोना पुष्टि, १४ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा शनिबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका १४, पाटन नगरपालिकाका १३, मेलौली नगरपालिकाका ६, सिगास र सुर्नया गाउँपालिकाका ३÷३, दोगडाकेदार गाउँपालिकाका २ र पञ्चेश्वर गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६०३ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १९३ जना, सिगास गाउँपालिकामा १०२ जना, पाटन नगरपालिकामा ७३ जना, डिलाशैनी गाउँपालिकामा ७१ जना र सुर्नया गाउँपालिकामा ३२ जना रहेका छन् ।

Atrya hospital

यस्तै मेलौली नगरपालिकामा ३१, दोगडाकेदार गाउँपालिकामा २८, पञ्चेश्वर गाउँपालिकामा २७, शिवनाथ गाउँपालिकामा २३ र पुर्चौंडी नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार बैतडीमा १४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update