Sagun Khabar
बैतडीमा ७३ प्रतिशत बढीले कोरोना जिते 

बैतडी –बैतडीमा ७३ प्रतिशत बढीले कोरोना जितेका छन् । जिल्लामा कुल संक्रमित २ हजार १९८ जना मध्ये १ हजार ६ सय ९ जना अर्थात ७३.२० प्रतिशतले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पछिल्ला केही दिन यता कोरोना जित्नेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी गरेको निषेधाज्ञा लगायतका कारणले कोरोना संक्रमण कम हुँदै गएको उनले बताए । 

Atrya hospital

अहिले सम्म दशरथचन्द नगरपालिकाका ४८३ जना, पाटन नगरपालिकाका ४३९ जना, पञ्चेश्वर गाउँपालिकाका १२३ जना, मेलौली नगरपालिकाका ११४ जना र सिगास गाउँपालिकाका एक सय जनाले कोरोना जितेका छन् । 

यस्तै सुर्नया गाउँपालिकाका ९६, शिवनाथ गाउँपालिकाका ७३, पुर्चौडी नगरपालिकाका ७१, दोगडाकेदार गाउँपालिकाका ६६ र डिलाशैनी गाउँपालिकाका ३० जनाले कोरोना जितेका छन् । जिल्लामा अहिले सम्म कोरोनाका कारण १४ जनाको मृत्यु भईसकेको छ । 

कोरोना भाईरसको संक्रमणको जोखिम अझै कम नभएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update