नेपाल टेलिकमका टावरहरुमा विद्युत् नहुँदा   बझाङका नागरिक समस्यामा
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा नेपाल टेलिकमका टावरहरुमा विद्युत् नहुँदा नागरिकलाई समस्या भएको छ। बझाङमा टेलिकमका २१ वटा टावर छन्। जसमध्ये १७ वटा टावरमा उच्च गतिको इन्टरनेट फोर जी सेवा जडान गरिएको छ। तर, टावरमा नेटवर्क सुचारु गर्न पावर अर्थात् विद्युत् छैन।
प्रयाप्त विद्युत् नहुँदा जनताले फोर जी सेवा प्रभावित भएको बताएका छन्। स्थानीयका अनुसार हिउँद र बर्खामा फोनको नेटवर्कसमेत नियमित हुँदैन। जिल्लाभर १६ ओटा टावर सोलारको भरमा चल्छन्। यी टावरहरूमा विजुली पुगेको छैन। जिल्लाका विभिन्न उच्च स्थानमा राखिएका यी टावर सञ्चालनका लागि सोलार जडान गरिएका छन्।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
