Sagun Khabar
सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिए 

धनगढी –सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो । 

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका छन् । 

Atrya hospital

यस्तै सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

तत्कालीन नेकपामा विवादपछि मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पदमुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका थिए ।  

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update