Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार ८९३ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार (आज) एकैदिन ८९३ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ८९३ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । पछिल्लो केही दिन यता संक्रमण पुष्टि हुनेको भन्दा निको हुनेको संख्या बढ्दै गएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । कैलालीका २ र कञ्चनपुरका एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५२२ जनामा संक्रमण पुष्टि भएको छ । एक हजार ८८० जनाको नमूना परीक्षण गर्दा ५२२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update