Sagun Khabar
डडेल्धुरामा नेपाली काँग्रेस (विपी)को नयाँ कार्यसमिति गठन

डडेल्धुरा- डडेल्धुरामा नेपाली काँग्रेस (विपी)को नयाँ कार्यसमिति गठन भएको छ। शनिवार  नेपाली काँग्रेसका संस्थापक सभापति विपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा समिति गठन भएको हो। 

जसअनुसार काँग्रेसको विपीको जिल्ला सभापतिमा भरत नेपाली चयन भएका छन्। यस्तै सदस्यहरुमा हरिप्रशाद भट्ट, करुणाकर भट्ट, गोकुल बहादुर शाही, सुरेन्द्र बहादुर माली, तिलक बहादुर हमाल, चक्र बहादुर सावद, पदमा गुरुङ, देपकीदेवी पन्त, पदमबहादुर देउवा, डम्मरी वली र नरबहादुर साँकी चयन भएका छन्। यसअघि जिल्ला सभापतिमा तिलक हमाल रहेका थिए। 

Atrya hospital

यस्तै काँग्रेस विपीले ४ पालिकामा समेत जिम्मेवारी दिएको छ। अमरगढी नगरसभापतिमा मनोरथ खडायत चयन भएका छन्। यस्तै परशुराम नगर सभापतिमा राजबहादुर भण्डारी,  गन्यापधुरा गाउँपालिका सभापतिमा रमेश माली  र आलिताल गाउँपालिका सभापतिको जिम्मेवारी दलबहादुर बोहरालाई दिइएको छ। 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update