बझाङमा सेती नदीले सडक कटान गरेपछि ठूला सवारीको आवागमन बन्द 
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा सेती नदीले सडक कटान गरेपछि ठूला सवारीको आवागमन बन्द भएको छ ।नदीमा पानीको बहाव बढेपछि जिल्ला जोडने सडक जयपृथ्वी राजमार्गमा कटान हुन थालेको हो ।
नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि साना सवारीसाधन चले पनि ठूला सवारी बन्द भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सडक बगाउँदा बाहिर जिल्ला जाने र जिल्ला भित्रिने यातायातका साधनहरु रोकिएका छन् । नदीले सडकको अधिकांश भाग कटान गरिसकेको छ । पानीको बहाव बढिरहेकाले सडक अझै कटान हुनसक्ने प्रहरीले जनाएको छ ।
 
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:५३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
