Sagun Khabar
डडेल्धुराको पुन्तुरामा पुल नहुँदा समस्या

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै नागरिक तारिएको छ। मंगलबार बिहान खोलामा पानीको वहाव बढेपछि नगरपालिकाको जेसिबीले खोला किनारमा फसेका स्थानीयहरूको उद्धार गरेको हो ।

परशुराम नगरपालिकोका सदरमुकाम–१२ देखि वडा नम्बर ६ र ७ जोड्ने पुन्तुरा खोलामा पुल नहुँदा स्थानीयले ज्यानै जोखिममा राखेर ओहोर–दोहोर गर्ने गरेका बताइएको   छ । चुनावका बेला उम्मेदवारहरूले खोलामा पुन निर्माण गर्ने प्रतिबद्धता जनाउने भएपनि निर्वाचित भएपछि गाउँ नै नफर्किने स्थानीयको आरोप छ । 

Atrya hospital

चुनावका बेला उम्मेदवारहरूले खोलामा पुन निर्माण गर्ने प्रतिबद्धता जनाउने भएपनि निर्वाचित भएपछि गाउँ नै नफर्किने स्थानीयको आरोप छ। नगरपालिका उपप्रमुख विमला बोहराले पालिकाको बजेटले पुल निर्माण सम्भव नहुने बताइन्। उनले खोलामा पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने बताएकी छन्। 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update