Sagun Khabar
विश्व हिन्दू युवा संघ बैतडीद्वारा स्वास्थ्य सुरक्षाका सामग्री वितरण 
Atrya hospital

बैतडी –विश्व हिन्दू युवा संघ जिल्ला कार्यसमिति बैतडीले स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई मास्क र सेनेटाइजर वितरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय पाटन, सतबाँझ अस्थायी प्रहरी पोष्ट र रेडियो निङ्गलाशैनीमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको विश्व हिन्दू युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण भण्डारीले बताए । कोरोना भाईरसको महामारीबाट बचाउनका लागि आफूहरुले सक्दो पहल गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए  ।

विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य भाष्कर चन्द, जिल्ला अध्यक्ष लक्ष्मण भण्डारी लगायतको पहलमा मास्क, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री खरीद गरिएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update