Sagun Khabar
पूर्वराज्य मन्त्री भण्डारीको पहलमा अक्सिजन सिलिण्डर वितरण 

बैतडी –बैतडीका स्थानीय तहहरुलाई अक्सिजन सिलिण्डर वितरण गरिएको छ । पूर्व अर्थराज्यमन्त्री एवं विघटित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको पहलमा प्रत्येक पालिकालाई ५ ओटाका दरले अक्सिजन सिलिण्डर वितरण गरिएको भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए  ।

विघटित प्रतिनिधि सभा सदस्य भण्डारीले विभिन्न ठाउँबाट सहयोग संकलन गरेर जिल्लाका लागि अक्सिजन सिलिण्डर पठाएको उनले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा अक्सिजन सिलिण्डर वितरणको काम भईरहेको छ ।

Atrya hospital

अहिले सम्म पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सिलिण्डर वितरण भईसकेका छन्  । अन्य पालिकाहरुमा पनि अक्सिजन सिलिण्डर वितरणको काम भईरहेको स्वकीय सचिव भण्डारीले जानकारी दिए । यस्तै जिल्लाका लागि ५० हजार मास्क वितरण गरिएका उनले बताए  ।

यस्तै २० ओटा आइसोलेसन बेड वितरण गरिने समेत बताइएको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराईएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update