Sagun Khabar
डडेल्धुराको उग्रतारा माविमा तालाबन्दी, प्रधानाध्यापकद्वारा राजीनामा 

डडेल्धुरा –डडेल्धुराको अमरगढी नगरपालिका ७ स्थित उग्रतारा माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । प्रधानाध्यापक चन्द्रबहादुर शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । 

आइतबार बिहान प्रधानाध्यापकको राजीनामा माग्दै आफूहरुले ताला लगाएको स्थानीय शेरबहादुर भण्डारीले जानकारी दिए । प्रधानाध्यापक शाहुले विद्यालयकै लेखापालमाथि आक्रमण गर्नु निन्दनीय घटना भएको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका हुन् । 

Atrya hospital

यता प्रधानाध्यापक शाहुले भने लेखापाल ऐरले मदिरा सेवन गरी आफूमाथि गालीगलौज गरेका कारण कुटपीट गरेको बताए । 

स्थानीयले आइतबार विद्यालय घेराउ गर्दै प्रधानाध्यापकको राजीनामा माग्दै विद्यालय प्रशासनमा ढुंगामुढा समेत गरेका छन् । चर्को दबाबका कारण प्रधानाध्यापक चन्द्रबहादुर शाहुले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । विद्यालयमा तनाव सिर्जना भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update