Sagun Khabar
भारतले धौलीगङ्गा बाँधको ढोका खोल्याे, महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह

दार्चुला –भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

Atrya hospital

सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आग्रह गर्नुभएको छ । 

भारतले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेला सरसफाइ गर्ने गरेको छ । दार्चुला र धार्चुलाबाट लगभग १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको विद्युत उत्पादन भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update