दार्चुला –दार्चुलामा नेपाल–भारत सीमामा रहेको धौलीगंगा बाँध भोलि खोलिने भएको छ । भारतको उत्तराखण्डस्थित धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेशनमा सरसफाइ गरिने भएकाले बाँध खोलिने जनाइएको छ ।
बाँधका ढोका खोलिने भन्दै दार्चुला प्रशासनले महाकाली तटीय क्षेत्रका नागरिकलाई सर्तकर्ता अपनाउन आग्रह गरेको छ । शुक्रबार (भोलि) बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सरसफाइ गरिने धौलीगंगा पावर स्टेशनले जनाएको छ ।
भारतले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेला सरसफाइ गर्ने गरेको छ । दार्चुला र धार्चुलाबाट लगभग १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको विद्युत उत्पादन भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १८:४७
प्रतिक्रिया दिनुहोस्