Sagun Khabar
डडेल्धुराका एक वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर, निलम्बन गर्न आयोगको पत्र 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ मा विजयी भएका देवबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।  

मुद्दा दायर भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेखेको छ । 

‘सो मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन निर्वाचन अयोगको पत्रअनुसार अनुरोध छ’ परशुराम नगरपालिकालाई जिल्ला निर्वाचन कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको छ । 
DDl nirbacha1657800217.jpg

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update