Sagun Khabar
सुदूरपश्चिममा बिहीबार ५६९ जनाले कोरोना जिते, कोरोनाबाट ९ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार ५६९ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५६९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण प्रदेशभरी ९ जनाको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुरका ४ र अछामका एक जनाको कोरोनाका कारण मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४८७ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार ९८७ नमूना परीक्षण गर्दा थप ४८७ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update