Sagun Khabar
डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

डडेल्धुरा –डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरे । मन्त्री बोहराले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन गरे । 

Atrya hospital

उनले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि थुप्रै योजना अगाडि बढाएको बताएका छन् । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको काम अगाडि बढिसकेको बताउँदै मन्त्री बोहराले डेल्धुरामा मेडिकल कलेज खोल्न धेरै प्रक्रिया अगाडि बढीसकेको बताएका छन् । 

यस्तै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई सम्मान पनि गरिएको छ । 

जिल्लाभरीका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए ।
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update