दार्चुला –‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दार्चुलालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका १६ देखि २३ महिनासम्मका एक हजार ६ सय ८७ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।
दार्चुलालाई २०७३ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ १५:१७
प्रतिक्रिया दिनुहोस्