दार्चुला –दार्चुलामा एक शिक्षिकाको मृत्यु भएको छ । बिहीबार जिल्लाको मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको बताइएको छ ।
घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको लडेर मृत्यु भएको उनका आफन्त नारदसिंह महराले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ ०८:४४
प्रतिक्रिया दिनुहोस्