Sagun Khabar
डडेल्धुरामा ग्यास सिलिन्डर लिकेज हुँदा घरमा आगलागी

डडेल्धुरा- डडेल्धुरामा ग्यास सिलिन्डर लिकेज हुँदा एक घरमा आगलागी भएको छ। विहीवार बिहान जिल्लाको परशुराम नगरपालिका–१० कुरमुल्लेस्थित टेकराज पाण्डेयको घरमा आगलागी भएको हो  ।  

आगलागी भएर घरमा रहेका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ।

Atrya hospital

परशुराम नगरपालिकाको दमकल र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा ल्याएको उनले बताए।  

 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update