दार्चुला –दार्चुलामा तुइन चुडिँदा महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्वर २ मालघाटस्थित महाकाली नदीमाथि लगाइएको तुईन चुडिँदा व्यास गाउँपालिका वडा नं २ का १९ बर्षीय सचिन बुढाथोकी बेपा भएका हुन् ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल फर्कने क्रममा तुइन चुँडिएर बुढाथोकी बेपत्ता भएका हुन् । महाकाली बेपत्ता भएका बुढाथोकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्