दार्चुला –दार्चुलामा प्रहरीले ३५० किलो झ्याउ बरामद गरेको छ । प्रहरीले जिल्लाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको हो ।
सडक किनारमा लुकाइछिपाइ राखेको करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले झ्याउ बरामद गरेको उनले बताए ।
जडीबुटी आवश्यक कारवाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १०:२३
प्रतिक्रिया दिनुहोस्