Sagun Khabar
बैतडीको पाटनमा एक महिनाको अवधिमा ३८२ जनामा संक्रमण पुष्टि 

बैतडी–बैतडीको पाटन नगरपालिकामा एक महिनाको अवधिमा ३८२ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाको तथ्यांक अनुुसार १ हजार ४३ नमूना संकलन गरिएकोमा एक महिनाको अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको हो । 

गएको वैशाख ११ गतेदेखि जेठ ११ गते सम्म एक महिनाको अवधिमा स्वाब संकलन गरिएका मध्ये ३६ प्रतिशत बढी नागरिकमा कोरोना पुष्टि भएको छ । यो एक महिनाको अवधिमा २३५ जनाले कोरोना जितेका छन् भने १४३ जना अझै पनि सक्रिय संक्रमित रहेका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

Atrya hospital

एक महिनाको अवधिमा पाटन नगरपालिका भित्रका चारजनाको कोरोनाका कारण मृत्यु भएको उनले बताए । नगर क्षेत्रमा अझै पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्य शाखा प्रमुख महराले जोड दिए । उनले भने ‘कोरोना संक्रमणको जोखिम अहिले पनि उत्तिकै छ । त्यसैले स्वास्थ्यका मापदण्ड अपाउन सबैलाई आग्रह गर्दछु ।’

समुदायस्तरमा कोरोना फैलिसकेकाले कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञाको पूर्ण पालना गर्न पनि उनले आग्रह गरे । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update