Sagun Khabar
सुदूरपश्चिममा बुधबार ३६२ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा बुधबार ३६२ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमि मध्ये ३६२ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै कोरोना कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जनाको कोरोनाका कारण मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार ८ सय २२ जनाको नमूना परीक्षण गर्दा ४३७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update