Sagun Khabar
बैतडीमा बुधबार ६८ जनाले कोरोना जिते, थप ६८ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा बुधबार ६८ जनाले कोरोना जितेका छन् भने थप ६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ६८ जनाले कोरोना जितेका हुन् । 

यस्तै पाटनका २१, दशरथचन्द नगरपालिकाका १५, शिवनाथ गाउँपालिकाका १३, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका ७÷७, सुर्नया गाउँपालिकाका ४ र डिलाशैनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । 

Atrya hospital

जिल्लामा अहिले ७ सय सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२७ जना, पाटन नगरपालिकामा १४४ जना, सिगास गाउँपालिकामा १०९ जना, सुर्नया गाउँपालिकामा ५६ जना र डिलाशैनी गाउँपालिकामा ३९ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा २६ जना, मेलौली नगरपालिकामा २५ जना, शिवनाथ गाउँपालिकामा २३ जना र पुर्चौंडी नगरपालिकामा २१ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ५ जना सक्रिय संक्रमित रहेका बताइएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update