Sagun Khabar
बैतडीमा मंगलबार १७९ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा एकैदिन १७९ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये १७९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् । 

१७९ जनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या घटेर ७ सय पुगेको छ । यस्तै मंगलबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

Atrya hospital

मेलौली नगरपालिकाका २० जना, दशरथचन्द नगरपालिकाका ७ जना, पञ्चेश्वर गाउँपालिकाका ५ जना, पाटन नगरपालिकाका ३ जना, सिगास र शिवनाथ गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको हो । 

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २१२ जना, पाटन नगरपालिकामा १२६ जना, सिगास गाउँपालिकामा १०२ जना, मेलौली नगरपालिकामा ६८ जना र सुर्नया गाउँपालिकामा ५४ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा ३८ जना, पुर्चौंडी नगरपालिकामा २८ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा १९ जना र शिवनाथ गाउँपालिकामा १० जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बैतडीमा अन्य ठाउँका १८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले सम्म कोभीडका कारण १४ जनाको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update