Sagun Khabar
बैतडीमा कोरोना विरुद्धको खोपको दोश्रो मात्रा लगाइने 

बैतडी–बैतडीमा कोरोना विरुद्धको खोप अभियान शुरु हुने भएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि खोपको दोश्रो मात्रा दिइने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

गत माघ १४ गतेदेखि २४ गते सम्म र फागुन २ देखि ११ गते सम्म कोभिशिल्डको खोपको पहिला मात्रा लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि यही जेठ १४ गते खोपको दोश्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘पहिलो प्राथमिकतामा कोभीसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोश्रो मात्रा छुटेकाहरुका लागि यो अभियान सञ्चालन गर्ने तयारी भएको हो ।’

Atrya hospital

दशरथचन्द नगरपालिकाको हकमा जिल्ला अस्पताल बैतडीको खोपकेन्द्रमा र अन्य स्थानीयतहरुको हकमा स्थानीय तहहरुका केन्द्रमा आवश्यक प्रमाण सहित गएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

खोप अभियान अन्तर्गत जेठ १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म खोप लगाइने बताइएको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update