Sagun Khabar
बैतडीमा शिवांश हेल्प फाउण्डेसन मार्फत राहत वितरण शुरु 

बैतडी –शिवांश हेल्प फाउण्डेसनले राहत वितरण कार्य शुरु गरेको छ । कोरोना कहरका कारण समस्यामा परेका नागरिकहरुका लागि अभियान सञ्चालन गरेर संकलन भएको रकमबाट चामल किनेर वितरण गर्ने कार्य शुरु भएको फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

अति विपन्न घरधुरीका मानिसलाई २५ केजीका दरले चामल वितरण भईरहेको उनले बताए । अहिले सम्म दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका ४० परिवारलाई २५ केजीका दरले चामल वितरण गरिएको छ । 

Atrya hospital

कोरोनाका कारण चुल्हो बल्न मुस्कील भएका परिवारलाई चामल वितरण गरिएको अवस्थीले बताए । शिवांश फाउण्डेसनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुका लागि साढे बाउन्न क्विन्टल चामल खरीद गरेकोे हो । 

प्रत्येक स्थानीय तहमा २१ जनालाई २५ केजीका दरले चामल वितरण भईरहेको छ । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई थोरै भएपनि सहयोग होस भनेर यो अभियान सञ्चालन गरेको र अभियान अन्तर्गत दुई लाख बढीको चामल खरीद गरिएको छ । 

शिवांश हेल्प फाउण्डेसन मार्फत चामल पाएपछि स्थानीयबासी पनि खुसी भएका छन् । कोरोनाका कारण भोकभोकै बस्नुपरीरहेको अवस्थामा चामल पाउँदा आफूहरुलाई निकै खुसी लागेको दोगडाकेदार गाउँपालिकाका माता भुलले बताइन् । उनले भनिन् ‘म आँफै पनि अपांगता भएकी मान्छे हुँ । यस्तो बिपत्तीको बेला खानाका लागि चामल मिल्यो म निकै खुसी छु ।’ 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update