Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ६१० जनामा कोरोना पुष्टि, १५० जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ६१० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा २ हजार ९ जनाको नमूना परीक्षण गर्दा थप ६१० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभरी कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका ६, बझाङका २, अछाम र डडेल्धुराका १÷१ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १५० जनाले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update