Sagun Khabar
कञ्चनपुरका तत्कालीन कृषि परियोजना प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोनका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । कर्मचारीको मिलोमितोमा झण्डै ६६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगले गत साता चार जनाविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । 

गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र सहकारी अध्यक्षले आफूखुसी कृषि सामग्री खरिद गरी अस्वाभाविक बढी मुल्याङ्कन गरि आर्थिक अनियमितता गरेको ठहर आयोगको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धानजोन संचालक समितिका संयोजक तथा शुक्लाफाटाँ कृषि सहकारी अध्यक्ष दशरथ भण्डारी, महाकाली सिंचाई आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर र दिनेश मोटर्श प्रा.लि. का संचालक राजिव हमालले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update