दार्चुला –दार्चुलामा एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–७ का वडा सदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १०:०२
प्रतिक्रिया दिनुहोस्