Sagun Khabar
बैतडीमा ५८ प्रतिशत बढीले कोरोना जिते 

बैतडी–बैतडीमा कोरोना संक्रमित मध्ये ५८ प्रतिशत बढीले कोरोना जितेका छन् । जिल्लाभरी अहिले सम्म १ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार १६४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् ।

कोरोना जित्नेको संख्या हेर्दा संक्रमितको ५८.६१ प्रतिशतले कोरोना जितेको उनले जानकारी दिइन् । यसमा ९३८ जना पुरुष र २३६ जना महिला रहेका छन् ।

Atrya hospital

केही दिन पहिलादेखि जिल्लामा कोरोना जित्नेको संख्या बढ्न थालेको चौधरीले बताइन् । यस्तै जिल्लाभरी अहिले ८०८ जना सक्रिय संक्रमित रहेका छन् । यसमा ३०९ जना महिला र ४९९ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभीडका कारण जिल्लाभरी अहिले सम्म १४ जनाको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update