कञ्चनपुर –सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । विश्वविद्यालयका पूर्व निर्धारण भएका कार्यक्रम प्रभावित हुने भएकाले हप्तामा दुई दिन बिदा नदिने विश्वविद्यालयले जनाएको हो ।
विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १०:४७
प्रतिक्रिया दिनुहोस्