Sagun Khabar
डडेल्धुरा अमरगढीको मेयर र उपमेयरमा काँग्रेस विजयी
Atrya hospital

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा नपाली काँग्रेस विजयी भएको छ। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा काँग्रेसका डिल्लीराज जोशी विजयी भएका हुन्।

उनले ३६१९ मत ल्याए ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस विपिका हरि भट्टले ३४२६ मत प्राप्त गरे। उपप्रमुखमा पनि नेपाली काँग्रेसकै पार्वती झुकाल विजयी भएकी छिन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका यज्ञराज अवस्थी पराजित भए। वडा नम्बर १ देखि ७, ९, १० र ११ मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा काँग्रेस विपि विजयी भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update