Sagun Khabar
बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ११ का ६० बर्षीय पुरुषको शनिबार बिहान कोरोनाबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए । 

शनिबार बिहान मात्रै अस्पताल पुर्याइएको ती पुरुषको एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका ती पुरुषको शरीरमा अक्सिजनको मात्रा निकै कम भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो । 

कोरोनाबाट मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update