Sagun Khabar
दशरथचन्द नगरपालिकाद्वारा जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरोनाका बिरामीको उपचारका लागि सहज होस भनेर नगरपालिकाले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । 

केही दिन अघि अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि नगरपालिकाले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । उनले भनिन् ‘हामीले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर शुक्रबार अस्पताललाई हस्तान्तरण गरेका छौं । यसले कोभीडका बिरामीहरुको उपचारमा सहयोग हुने हाम्रो विश्वास छ ।’

Atrya hospital

जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि कोभीडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । जिल्ला अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेका उनले बताए । ती मध्ये ९ ओटा कोभीडका बिरामीको उपचारमा प्रयोग भईरहेका छन् । 

यस्तै अस्पतालमा साना ठूला गरेर ३१ ओटा अक्सिजन सिलिण्डर रहेका डा.जोशीले बताए । तत्कालका लागि जिल्ला अस्पतालमा अक्सिजनको अभाव नरहेको उनले बताए ।  
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update